▬ लोप्साङ्ग शेर्पा
भर्खर
उदाएको
सूर्यको उषा-किरण जस्तै
सुस्त
सुस्त
मनोहर अंकुराहरु रोप्दै आउँछ त्यो
हाम्रो घर-आगन सम्म |
सुस्तरी
बढ्दै जान्छ
हाम्रै इच्छा, अकाङ्ग्छा
र बेहोसीपनको बुई चढेर
पत्तैनपाई त्यो ठुलो भैसक्छ
र
हाम्रो संस्कार र सभ्यताको बुडोरुख
सधैलाई छोपि दिन्छ |
त्यस
पछि तss.....
घर, घरजस्तो रहदैन,
मन्दिरहरु, मन्दिरहरु
जस्ता हुदैनन्,
बुद्ध-बिहार र गुम्बाहरुले क्रमस: आफ्नो महत्व गुमाउदै जान्छ,
सब खोक्रो भैसकेको हुन्छ |
बिग्रिन
लागेका छोरा-छोरिलाई सम्हाल्न खोजे
अधिकारको कुरा उठ्छ |
शहर-बजारका फेसन देख्दा रिंगटा छुट्छ |
सार्वजनिक उद्धान र बगैचाहरुको त कुरा छोडीदिनुस,
आजकाल
मन्दिर-परिसर र गुम्बाका छेउ-छाउ
र कुन-काप्चा जहीं-तहीं
प्रणय-सुत्रमा बाधिएर
मुखामुख जोडी बसेका चखेवाका जोडीहरु
प्रसस्तै भेटिन्छ |
मन्दिरमा
शंख-घन्टी
बज्न छाडे,
भक्तजनहरुको ताँतीमा खडेरी परे,
ठुलाहरु बृद्ध-बृद्धा भए,
बृद्ध-बृद्धाहरु कति थलापरे कति मरेर गए |
नयाँ
पिडि ?
त्यसैत, पश्चिमेलि
संस्कृतिले पेलेका अपाहिचहरु
मन्दिर गुम्बाहरु कसरि धावोस!
बिहान अबेरसम्म
ओछ्यानमा पल्टिएर
मोबाइल भित्रछिरेर संसार कल्ले चियाई दियोस!
यो
सब हुनुमा दोष कस्को त ?
कस्को र? तिम्रो
र मेरो नि !
कसरि
?
आमा बाबा
वा
ममा पपा
वा
आप्पा आमा भन्न सिकाउन छोडी
Mummy Daddy भनि माङ्ग्न रुचायौँ |
जन्म दिनमा
मन्दिर या गुम्बासम्म डोर्याउनुको साटो
एउटा बन्दकोठा सजाएर
Happy Birthday To You गीत गाएर केक चटायौ,
चटाएनौ त ?
हो,
त्यहि अनुकरणहरुले
आज अतिक्रमण को
विकराल रुपधारण गरि सकेको छ ||
0 comments:
Post a Comment