Friday, April 3, 2015

 नपक्षीय राष्ट्रिय पञ्चायतका सदस्य नवलकेमी राईको स्वास्थ्य उपचारका लागि नेकपा एमाले इलामले पार्टीको केन्द्रीय कमिटीलाई उपचारमा सहयोग गर्न आग्रह गरेको छ । बुधबार प्रेस चौतारी झापाले दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इलाम क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष हेमन्त राईले २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य रहेका राईको उपचारका लागि जिल्ला पार्टीबाट पहल भइरहेको बताए ।
एमाले इलाम जिल्ला कमिटी सदस्य समेत रही सकेका राईले २०५४ सालबाट पोष्टेट ग्रन्थीमा आएको समस्याका कारण आफु राजनीतिबाट विश्राम लिएर घरमै बसेको बताएका छन् । इलामको साकफारा गाविस २ का बासिन्दा राई हिजोको तरिकाले पार्टीको काम अबको दिनमा नचल्ने बताए । सुगर, प्रेसर र युरिक एसिड रोगका बिरामी समेत रहेका राईको उपचारका लागि पार्टी अध्यक्ष केपी ओलीले आश्वसन दिएको जनाइएको छ । पत्रकारहरुको जिज्ञासामा आत्मनिर्णय सहित अधिकार नदिई जातिय राज्य दिदा फरक नपर्ने भए पनि मुलुकले थेग्न नसक्ने राईले बताए ।
अहिले मुलुकभित्र सुचीकृत बाहुन क्षेत्री बाहेकका १२५ जाति छन् । ती सबै जातिलाई राज्य बाँड्ने हो भने नेपाल राष्ट्रको के हालत हुन्छ ? उनले प्रश्न गरे । पुर्वी कोशी प्रान्तीय कमिटीबाट बाम राजनीतिमा प्रवेश गरेका नेता राईलाई माओवादी द्धन्दकालमा माओवादीबाट पार्टीमा आउन बारम्वार आग्रह गरिए पनि आफु नगएको बताए । कार्यक्रममा सहभागी एमाले झापाका सचिव मदन अधिकारी र क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ का इन्चार्ज होम बहादुर थापाले राई जस्तो पार्टीको सम्मानित व्यक्तित्वको उपचारका लागि पहल गर्ने प्रतिवद्धता जनाए । तत्कालिन राष्ट्रिय पञ्चायतमा जनपक्षीयबाट जिताएर जनताको मुद्दा उठाउन सदनमा राख्ने एमालेले राई, सोमनाथ प्यासी, जागृत भेटवाल, स्वर्गीय द्रोणचार्य क्षेत्री र पद्मरत्न तुलाधर लागयतलाई पठाएको थियो ।                                                                                                              sandakpur online

0 comments:

Post a Comment